पूर्वाञ्चल खबर
गीतको रचना दीपक शर्माले गरेका हुन् । बाल्यकालको पलहरुलाई गीतमा जसरी पृथक ढंगले गीतकार शर्माले चित्रण गरेका त्यसरी नै गायिका जुनाले पनि मनछुने गरि गीत गाएकी छिन् । ‘ताराबाजी लै लै’ मा जुनाको कलात्मक गायकी सँगसँगै गीतकार शर्माकै स्वय संगीत रहेको छ ।
गीतमा सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण दिलाउने छ,जुनाले भनिन्‘ गीतबाट एकदमै राम्रो प्रतिक्रिया पाईरहेको छु । स्रोताको मन जित्ने पूर्ण विश्वास छ । ’
भिडीयो हेर्ने जोहि कोहिलाई वालापनको याद दिलाउने गायिका जुनाले बताईन् ।
युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
भिडियो हेर्नलाई यहाँ क्लिक गर्नु होला ।