पूर्वाञ्चल खबर
टंकीसिनवारीको जेसिज भवनमा बिहीबार भएको १७ औं वार्षिक साधरणसभामा सो बरावरको सहकारीले आम्दानी गरेको जानकारी गराएको हो ।
७ सय ४३ जना सेयर सदस्य रहेको उक्त सहकारीको शेयर पूँजी ७७ लाख ७३ हजार १ सय पुगेको छ भने बचत निक्षेप ४ करोड ३७ लाख ७१ हजार ३ सय ६५ रहेको सहकारीको अध्यक्ष तारादेवी राईले जानकारी दिए । सहकारीमा आवद्ध भएका सेयरसदस्यले नियमित, मासिक, समूह, ऐच्छिक, विशेष, खुत्रुके तथा विशेष आवधिक बचत राख्ने गरेका छन् ।
‘छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सहकारीले अहम् भूमिका निर्वाह गरेको छ,’ अध्यक्ष राईले भनिन्, ‘यस सहकारीले विभिन्न किसिमको बचत योजना ल्याएको छ । त्यही योजना अनुसारको वचत अहिले सञ्चालन छ ।’
सोही अवसरमा सहकारीले एक दर्जन जेष्ठ बुवा तथा ससुरालाई सम्मान गरेको छ । ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सहकारीले सम्मान गरेको हो । त्यस्तै ७ जना एकल महिला, ४ जना जेष्ठ महिला शेयर सदस्य तथा निजी तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सहकारीले सम्मान ग¥यो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, एमाले मोरङका अध्यक्ष विनोद ढकाल, डिभिजन सहकारी विराटनगरका प्रमुख गोपी घिमिरेलगयाले सहकारीको सफलताको शुभकामना दिए ।