AArya
RUMPUM
animated ellipse animated ellipse

गणतन्त्रपछि पहिलो पटक मनाइयो पृथ्वीजयन्ती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७४, बिहीबार १६:१३
3
Shares
काठमान्डौं, २७ पुस / नेपालमा गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ ।

नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भए पछी पहिलो पटक विहीवार राष्ट्रिय एकता दिवस मनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडीले सलामीसमेत अर्पण गरेको थियो ।

गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको यो पहिलोपटक हो । नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुन: मनाउन थालेको हो ।

कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।

विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर