पूर्वाञ्चल खबर
झण्डै चार वर्षदेखि बन्द जनकपुर जयगर रेलमार्गको ३४ किलोमिटरको निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ। २६ भदौ २०७० मा जनकपुरबाट जयनगरतर्फ आउँदै गर्दा धनुषाको बहुवा ४ मा दुर्घटना भएपछि सो रुटको रेल सेवा अनिश्चितकालका लागि बन्द भएको थियो। सोही रुटमा अहिले भारत सरकारको सहयोगमा लिक पुनर्निर्माण कार्य चलिरहेको छ।
केही दिनअघि सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले लिक निर्माण कार्य अन्तिम अवस्थामा पुगेको भए पनि अहिलेसम्म रेलको इन्जिन खरिद प्रक्रिया सुरु नभएको भन्दै खरिद प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए। मन्त्री बलायरले अहिले खरिद प्रक्रिया सुरु गर्ने हो भने यसको लिक तयार हुने समयसम्म नेपालमा रेल आइपुग्ने भन्दै पक्रिया सुरु गर्न निर्देशन दिएका थिए।
यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।