पूर्वाञ्चल खबर
समस्त प्राणी जगतको रक्ष, उद्धार तथा उपायको निमित र विश्व शान्तिको कामना सहित ॐ सियार जबमुलिङ बज्र गुम्बा पथरीशनिश्चरेमा सुरु भएको १६ दिने जप, ध्यान, साधनाको प्रमुख धर्मगुरु लामा पल्देन योन्जनले गराउदैछन् ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतीथी प्रमुख धर्म गुरु पल्देन योन्जनले १६ दिन सम्म ध्यान र तपस्यामा बसेर सादा भोजन गरी जप र साधना गर्दा मोक्ष प्राप्ती हुने र दुष्कर्म प्रयाश्चित भई चेतनशिल समाज र सम्वृद राष्ट्रको निर्माणमा महत्वपुर्ण भुमिका निवाह हुने बताए । एक सय बढि लामाहरुले शान्तिको कामना गर्न ध्यान जप र साधना गर्दैछन भने उनिहरुले १६ दिनमा फुर्वा (बज्र किलयको जप साधना तथा अभ्यास), च्योद (बज्र डाकिनीको जप साधना तथा अभ्यास), वोधिचित्त गृहयतन्त्रको जप साधना तथा अभ्यास र प्रज्ञा पारमिता कृयातन्त्र योग साधनाको प्राप्ती गर्नेछन ।
विश्व शान्तिको कामना कार्यक्रममा नेपाल तामाङ लामा घेदुङ संघका केन्द्रीय अध्यक्ष मोहन गोले, अन्तराष्ट्रिय तामाङ परिसद अध्यक्ष महेन्द्रजङ तामाङ र नेपाल तामाङ लामा घेदुङ संघ प्रदेश नं. १ अध्यक्ष मित्र सेन योन्जन रहेका थिए । नेपाल तामाङ लामा घेदुङ संघको आयोजनामा ध्यान जप तथा साधनाकोे अध्यक्षता धर्म डुम्जनल गर्नुभएको छ ।