AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सफारीलाई एकतर्फी सञ्चालनको अनुमती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७४, मंगलवार १८:३७
3
Shares
राटनगर,११ पुस/ विराटनगर महानगरपालिका र सिटि सफारी सञ्चालक बिच व्यस्त सडकमा एकतर्फी मात्र सफारी सञ्चालन गर्ने सहमती भएको छ ।

ट्राफिक प्रहरीले मुख्य सडकमा सफारीलाई प्रवेशमा रोक लगाएपछि आन्दोलनमा उत्रिएका सफारी सञ्चालकहरुले एक तर्फी सफारी कुदाउने अनुमती पाएका हुन् ।

वरगाछी उत्तर दुई तर्फी नै सफारी सञ्चालन गर्ने अनुमती पाएका चालकले बरगाछी देखि रोडशेष चोक सम्म एकतर्फी मात्र सञ्चालन गर्न अनुमती पाएका हुन् ।

त्यस्तै रोडशेष चोक देखि रानी जोगवनी सम्म पनि एक तर्फी मात्र सञ्चालन गर्न पाउने भएका छन् । रोडशेष चोक देखि जोगवनी सम्म जादा राजमार्ग र फर्कदा भित्री सडक प्रयोग गर्नु पर्ने सहमती भएको हो ।

यसैबिच रिक्सा चालकहरुले सहमती विपरित ट्राफिक प्रहरीले दुःख दिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज पत्रकार सम्मेलन गरी संयुक्त सिटि सफारी चालक संघले सहमतीको उल्लङ्घन गरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

चालकहरुले पत्रकार सम्मेलन गरी सिटि सफारी दर्ता बापत संकलन भएको ४९ लाख ८६ हजार राजस्व सार्वजनिक गरी सिटि सफारीको क्षेत्रमा लगानी गर्नु पर्ने, सिटी सफारीलाई चार्जीङ स्टेशनको व्यावस्था गर्नु पर्ने, सडक मर्मत गर्नु पर्ने, बन्दै गरेको ६ लेन सडकमा एक लेन सिटी सफारीकालागि छुट्याउन माग गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर