पूर्वाञ्चल खबर
मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा सोमबार भएको खेलमा के.के आरलाई १४ रनले पराजित गर्दै विनायक क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
टच जितेर ब्याटिङ्ग गरेको बिनायकले १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसको लागि रबि मण्डलले ३३ र भानु राजवंशीले १४ रनको लक्ष्य दिएका थिए । के के आरले १९ औ ओभरमा सबै विकेट गुमाएर ७७ रनमा अलआउट भएको थियो । के के आरका लागि शिभा सहनीले १९ र अभिषेक अग्रवालले १२ रनको योगदान दिएका थिए । प्रतियोगिताको मंगलबारको खेल जामुनगाछी क्रिकेट क्लब र निमार्ण सिसी क्रिकेट क्बल बिच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक दिपक पासवानलले जानकारी दिए ।