विराटनगर/ विराटनगर ९ मा रहेको शिक्षादिप उच्च माविले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कलेजको सभाहलमा आयोजना गरिएको वित्तिय साक्षरता कार्यक्रममा सिभिल बंैक विराटनगरका क्षेत्रीय प्रवन्धक सन्तोष बुढाथोकीले सहजीकरण थिए ।
वित्तिय साक्षरता कार्यक्रममा कलेजमा व्यवस्थापक संकायका कक्षा १२ मा अध्ययनरत विद्याथीहरुको सहभागि रहेको व्यवस्थापक संकायका को– अडिनेटर शंकर भट्टराईले जानकारी दिए ।
वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीहरुको बैंकिङ केरीयर कसरी गर्ने र वित्तिय क्षेत्र केहो भन्ने कुरा जानकारी लिनुका साथै यस्ता कार्यक्रमले उनीहरुको हौसला बढ्ने कुरा कलेजका प्रिन्पिल ज्ञानबहाुर खडकाले जानकारी दिए ।