AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जुत्ता चप्पल मेला सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७४, बुधबार १९:०६
3
Shares
विराटनगर, ५ पुस / एक महिने जुत्ता चप्पल ब्यापार मेला विराटनगरको जैन भवनमा बुधबारदेखि सुरु भएको छ । नेपाली जुत्ता, चप्पलको प्रर्वद्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरको आयोजनामा ब्यापार मेला सुरु भएको हो ।

मेलामा विभिन्न ब्राण्डका जुत्ता, चप्पलहरु रहेको छ । मेलामा ५ वटा ब्राण्डका ५० वटा स्टल रहेको नेपाल जुत्ता घरले जनाएको छ । नेपाली बजारमा ख्यातीप्राप्त शिखर, बि.एफ.डियर हिल, स्कार्य, कोशेली, क्रसरोड, लेदर विङ्गस, टाकुरा, सफटच र शुल्याण्ड प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु मेलामा राखिएको छ ।

उक्त ब्राण्डका स्पोर्टस देखि क्याजुयल, पार्टी अफिसियल, कलेज/ स्कुल र लेडीज तथा सबैमा हुने जुत्ता, चप्पल छन् । प्रत्यके जुत्तामा ७० देखि ७५ प्रतिशत छुट रहेको छ ।

मेलाको उद्घाटन गर्दै एमाले नेता तथा सांसद लालबावु पण्डितले स्वदेशी उत्पादनको प्रयोग गर्न सबैलाई आग्रह गरे । ‘म आफै पनि स्वदेशी उत्पादन मात्र प्रयोग गर्छु,’ उनले भने, ‘स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न हामी सबैले स्वदेशी ब्राण्डकै उत्पादन लगाउनुपर्छ ।’ नेपाललाई आर्थिक रुपमा सवल बनाउने काम अबको सरकारले गर्ने उनले बताए । उनले उत्पादन मुखी उद्योगलाई प्रोत्साहन गरी समृतीतर्फ अगाडी बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले नेपाली जुत्ताको स्वेदेशमै बजारीकरण र प्रदर्वशन गर्न ब्यापार मेला औद्योगी नगरी विराटनगरमा सुरु गरेको बताए । उनले भने, ‘मोफसलमै पहिलो पटक पोखरा र बुटुवलमा मेला सम्पन्न भएको छ । विराटनगरमा सुरु गरेको मेलाले राम्रो व्यापार हुने अपेक्षा गरेका छौं ।’

एक महिनासम्म सुरु हुने मेलाबाट ५ करोड बढीको कारोबार हुने मेला आयोजक समितिले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर