पूर्वाञ्चल खबर
आउँदो पुस २१ गतेदेखि देशभरीको सिनेमाघरहरुमा प्रदेर्शनी हुने चलचित्र ‘राज्जा रानी’ चलचित्रको प्रचारप्रसारको लागि विराटनगरमा आज भएको कार्यक्रममा पण्डितसँग नायिका अधिकारीले अट्रोग्राफ लिएकी हुन् ।
‘अरु बेला कार्यक्रममा फ्यानलाई अटोग्राफ दिएको थिए’, केकीले भनिन्, ‘आज सादा जीवन उच्च विचार भएको नेता जी सँग अट्रोग्राफ लिने मौका पाएको छु“ । यो अट्रोग्राफ पछिसम्म राख्नेछु“ ।’ केकीले एक हजार रुपैया“ दिएको नोटमा पण्डितले अट्रोग्राफ दिएका थिए ।
पण्डितले नायिका अधिकारीलाई उक्त चलचित्रको गीतमा नाचेर साथ समेत दिएका थिए ।


सामाजिक कथा वस्तुमा आधारित सो चलचित्रको निर्देशन याम थापाले गरेका छन् । प्रेमकथाले भरिपूर्ण रहेको उक्त चलचित्र तराई पृष्ठभूमिको कथा समावेश छ । नायिका अधिकारीले भनिन्, ‘तराइको दाइजो प्रथाको कथाबस्तु चलचित्रमा समावेश गरेका छौं ।
तराईमा दाइजो प्रथाले गर्दा महिला हिंसा बढेको छ । यसै फेरीफेरीमा रहेर सो चलचित्र बनेको हो ।’
१ करोड २५ लाख रुपैयाँ लागतमा निमार्ण भएको चलचित्रको नेपाली र मैथीली भाषामा बनेको छ । सो चलचित्रमा लगानी भने रमेश एनके पौडेलले गरेका छन् । उक्त चलचित्रको राज्जाको भूमिका जाकिर हुसेनले गरेका छन् भने रानीको भूमिका केकी अधिकारीको रहेको छ । तस्वीर- पुष्पराज थपलीया /खबर पुर्वञ्चल