AArya
RUMPUM
animated ellipse animated ellipse

दिल्ली पब्लिक स्कूलकों बार्षिकोत्सवको तयारी पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७४, मंगलवार १७:१२
3
Shares
विराटनगर, ४ पुस / विराटनगर ५ मा रहेको दिल्ली पब्लिक स्कूलले दशौं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गर्ने जनाएको छ ।

पुस ७ गते स्कूलले हुने बार्षिकोत्सवको तयारी पुरा भएको जनाएको छ । आज स्कूलमा पत्रकार सम्मेलन गरी बार्षिकोत्सवका बारेमा जानकारी गराएको हो । बार्षिकोत्सव कार्यक्रममा युके र नेपाल बिचको सांस्कृतिक आदान प्रदान गर्ने स्कूलकी प्रिन्सिपल गीता यसले जानकारी दिइन् ।

कार्यक्रममा युके र व्रिटिश काउन्सीलका प्रतिनिधिहरुको उपस्थिती रहेने प्रिन्सिपल यसले बताइन् । विद्यार्थीहरुले नै कार्यक्रमको आयोजना गर्ने विद्यालयले जनाएको छ ।

मन्टेश्वरी देखि १२ कक्षा सम्म पढाई हुने स्कूलमा ९ सय जना विद्यार्थीहरु रहेका छन् । स्कूलमा नेपाल बोर्ड र सिबिएसइ बोर्डको पढाई हुने स्कूलका सिनियर को–अर्डिनेटर विजय दंगालले जानकारी दिए । कार्यक्रममा ४ हजार अतिथी आउने उनले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व सञ्चार मन्त्री शेरधन राई रहने जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर