AArya
RUMPUM
animated ellipse animated ellipse

ललितपुर प्याट्रिअट्सले विजयी शुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ पुष २०७४, सोमबार १८:०६
3
Shares
काठमाडौं, ३ पुष /काठमाडौंमा आजदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटमा ललितपुर प्याट्रिअट्सले विजयी शुरुवात गरेको छ ।

कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको थियो । काठमाडौंका लागि अ‍ोपनर अमित श्रेष्ठले २७ रन, श्रीलंकाली ब्याट्सम्यान अक्षु पर्नाण्डेजले १५ रन र सोमपाल कामीले रन १४ रन बनाएका थिए ।

ललितपुरका भारतीय बलर सुबोध भाटीले ४ विकेट, ललित राजवंशीले ३ विकेट तथा मेहवुव आलमले २ विकेट लिए । खेलको म्यान अफ द म्याच ललितपुरका ललित भण्डारी चुनिए ।

जवाफमा ९० रनको सामान्य लक्ष्य पछ्याएको राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुरले १६ दशमलव ४ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पार गर्यो । ललितपुरका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले अविजित ४४ रन बनाए । कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे । कप्तान मल्लले २० रन बनाए । काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ विकेट तथा सोमपाल कामीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर