पूर्वाञ्चल खबर
थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभर खेलमा ६ विकेट गुमाई १ सय ८३ रनको योगफल बनाएको थियो ।
नेपालका कप्तान बिशाल केसीले ६३ रनको शानदार इनिङ खेले । उनले ७९ बलमो ४ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै नारायण जोशीले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रनको अविजित इनिङ खेले ।
जवाफ १ सय ८४ रनको विजय लक्ष्य पछ्रयाएको सिंगापुर ३१ द्यशमलव ५ बलमा १ सय १२ रनमै समेटिएपछि नेपालको ७१ रनको जित सम्भव भएको हो । सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले ३१ रन र अर्नभ राधवाले २१ रन बनाए ।
सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३–३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले १–१ विकेट लिए । प्रतियोगिताको समूह चरणमा थाइल्याण्ड, हङकङ र म्यानमारलाई हराउँदै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले मलेसियालाई हराउँदै फाइनलमा पुगेको थियो ।