AArya
RUMPUM
animated ellipse animated ellipse

न्यूरोको मदर एण्ड चाइल्ड हस्पिटल सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७४, शुक्रबार १४:०१
3
Shares
विराटनगर, २९ मंसिर/ विराटनगरमा आजदेखि तुलसा मदर एण्ड चाइल्ड अस्पताल सञ्चालनमा आएको छ ।

विराटनगर–९ मा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले करिव सात करोडका लागतमा सो अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पतालले आज विराटनगरमा पत्रकार सम्मेलनगरी अस्पताल विधिवत रुपमा सञ्चालनमा आएको जनाएको छ । मातृशिशु स्वास्थ्यमा थप उपचार पु¥याउने उदेश्यले ५५ सैयाको सो अस्पतालमा संचालनमा ल्याएको अस्पतालका प्रवन्ध निर्देशक विरेन्द्रकुमार विष्टले वताए ।

अस्पतालमा २४ घन्टा इमरजेन्सि सेवा, प्याथोलोजी, भ्यान्टिलेटर, अप्रेसन, नेवुलाइजेशन, डेलिभरी , टेस्टटयुव वेवीसेवा तथा खोप तथा मातृशिशुलगायतका सेवा सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विगत १७ वर्षदेखि विराटनगरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पु¥याउदै आएको छ । पुर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले वालवालिका तथा प्रसुतिका लागी थप सेवा पु¥याउन सेवा विस्तारगरी अस्पताल सञ्चालनमा ल्याएको हो । लामो समयदेखि सञ्चालनमा आएको सो अस्पतालमा भारतको सिमावर्तिक्षेत्रवाट समेत विरामीहरु उपचारका लागी आउने गरेका छन ।

चारवर्षको अवधिमा अस्पतालले चारहजार मस्तिककोे सफल शल्यकृया गरेको जनाएको छ । चाइल्ड अस्पतालमा एकदर्जनभन्दा वढि चिकित्सकहरुले सेवा प्रदानगर्ने जनाइएको छ । कम खर्चमा लाभदायी सेवा पु¥याउने अस्पतालको लक्ष्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर