पूर्वाञ्चल खबर
पुस ३ गते देखि पुस ९ गते सम्म कलेजका बिद्यार्थीका लागि ६ वटा बिभिन्न म्यानेजमेन्ट इभेन्ट हुने भएको हो ।
एस्पायर २०१७” अन्तर्गत बिजनेस हसल , ब्रान्ड स्न्याप , बिज(बज , मास्टर इन फेलियर , आइडियाज टु दि वर्ल्ड र क्रिश्मस डे हुन लागेको कलेजले जनाएको छ ।
कार्यक्रममा बिद्यार्थीहरुले म्यानेजमेन्ट कुइज , बिज्ञापन उत्पादन ,नयाँ उद्यमी बन्न बिभिन्न प्लान लगायतका प्रस्तुतिहरु दिनु पर्ने छ । बिद्यार्थीले सिद्धान्तिक रुपमा पढेको कुरालाई व्यवहारमा उतार्न सिकुन भन्ने उदेश्य सहित उक्त कार्यक्रम हुन लागेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं . मेरिल्याण्ड कलेज बिराटनगर , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।