AArya
RUMPUM
animated ellipse animated ellipse

समाजसेवी श्रेष्ठलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ मंसिर २०७४, मंगलवार १९:५१
3
Shares
उर्लाबारी, २६ मंसिर / युवा समाजसेवी सुन्दर श्रेष्ठलाई उर्लाबारी –९ मा रहेको श्री राजघाट आधारभूत विद्यालयले सम्मान गरेको छ ।

आज एक औपचारीक कार्यक्रमको आयोजना गरेर विद्यालयले उर्लाबारी –९ खोपिडाँडा निवासी श्रेष्ठलाई समाजसेवा प्रतिको उच्च मुल्याङकन गर्दै सम्मान गरेको हो ।

स्व.बुबा ईन्द्रनारायण श्रेष्ठको स्मृतिमा १ लाख मुल्य बराबरको विद्यालयको गेट निर्माणमा श्रेष्ठले आफ्नो र आफ्नी आमा कुमारी श्रेष्ठको नाममा सहयोग गरेका थिए ।

नाम जस्तै सुन्दर काम गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम ढुङगेलले श्रेष्ठको प्रशंसा गरेका थिए । साथै आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा राखेको पनि उनले बताएका थिए ।

उर्लाबारीका अन्य वडाहरुमा झै यस वडामा पनि सामुदायिक विद्यालयहरुको स्तर उन्नतिका लागी आवश्यक कार्य भईरहेको वडा नम्बर ९ का वडाध्यक्ष बम फ्याकले जानकारी गराएका थिए ।

आफ्नो ठाउँबाट सकेको सहयोग गर्न पाउँदा एकदमै हर्षित भएको सम्मानित श्रेष्ठले बताए । भविष्यमा आफूले जस्तै समाजका विभिन्न क्षेत्रमा सहयोग गर्न उपस्थित विद्यार्थीहरुलाई श्रेष्ठले सुझाएका थिए । धन भन्दा मन ठूलो भएर मात्र सहयोगको भावना पलाउने पनि उनको बुझाई रहेको छ ।

श्रेष्ठले स्थानीय स्तरमा सडक बत्ती जडान, विद्यालयहरुमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर