पूर्वाञ्चल खबर
यसअघिसम्म कांग्रेसले राजगज गर्दै आएको मोरङको विराटनगरदेखि मोरङका ग्रामीण क्षेत्र पनि बामपन्थीमय बनेको छ ।
घोषित परिणाममध्ये मोरङको १, ३, ४, ५ र ६ नम्बर क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार क्रमश घनश्याम खतिवडा, भानुभक्त ढकाल, अमनलाल मोदी, शिवकुमार मण्डल र लालबाबु पण्डित बिजयी बनेका छन् । मोरङको क्षेत्र नम्बर २ मा भने कांग्रेसका मिनेन्द्र रिजाल विजयी बनेका छन् ।
१ नम्बर क्षेत्रमा एमालेका घनश्याम खतिवडाले नेपाली काँग्रेसका मोरङ सभापती रहेका डिकबहादुर लिम्बूलाई ६ हजार ८८ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खतिवडाले ३७ हजार ५ सय २४ मत प्राप्त गरि निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी लिम्बूले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् ।
२ मा नेपाली काँग्रेसका डा. मिनेन्द्र रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतले पराजित गरि रिजाल प्रतिनिधिसभा सदस्यय पदमा निर्वाचित भएका हन् ।
३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले काँग्रेसका सुनिल शर्मालाई १ हजार ९ सय ७ मत अन्तरले पराजीत गरे । ढकालले ४२ हजार ४ सय १३ मत ल्याए भने प्रतिस्पर्धि शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरे ।
४ मा माओवादीका केन्द्रका मोदीले ३३ हजार ५ सय २९ मत ल्याउँदा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यले ६ हजार ७ सय २९ कम मत प्राप्त गरे । आचार्यले २६ हजार ८ सय मत प्राप्त गरे ।
५ मा माओवादीका शिव कुमार मण्डलले २२ हजार ९ सय ४५ मत ल्याएर बिजयी बन्दा काँग्रेसका अमृत अर्याललले ३ हजार ७ सय ९२ कम मत ल्याए ।
६ मा एमालेका पोलिटब्यूरो सदस्य पण्डितले काँग्रेसका डा. शेखर कोइरालालाई ६ सय ७५ मतले पराजित गरे । पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरे ।तस्वीरहरु- पुष्पराज थपलीया /खबर पूर्वाञ्चल