animated ellipse animated ellipse

उम्मेद्वारको प्रचार शैली, एक जना बोल्ने, दुई जना सुन्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ मंसिर २०७४, आईतवार १९:४५
3
Shares
विराटनगरको बि प्लटमा भाषण गर्दै दुवे । र भाषण सुन्दै दुई समर्थक ।
विराटनगर, १७ मंसिर/ विराटनगरको व्यस्त बजार ट्राफिकचोकदेखि झण्डै १ सय मिटर उत्तरमा रहेको बि प्लटमा आज साँझ एक दृश्य देखियो चुनाव प्रचारको ।

एक जना उम्मेदवार भाषण गरिरहेका थिए । दुई जना सुनिरहेका थिए । अन्य बजार तथा आसपासका मानिसहरु उनीहरुको त्यो दृश्य देखेर कतिपयले उम्मेदवारबारे चासो दिइरहेका थिए भने कतिपय हाँस्दै हाँस्दै हिंडिरहेका थिए । प्रदेशसभाका लागि मोरङको क्षेत्र नम्बर ६ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र दुवे जिपमा चढेर भाषण ठोकिरहेका थिए ।

अघिल्ला दिनसम्म खचाखच मानिसकाबीच भाषण भइरहने बि प्लटमा दुवेको भाषण सुन्ने दुई जना थिए । चुनाव चिन्ह जीपनै लिएर मैदानमा उत्रिएका उनले भाषणका क्रममा आफू शिक्षित, कर्मठ, व्यवहारिक एवं संघर्षशील व्यक्ति भएको भन्दै भोट मागिरहेका थिए ।

उनले आफ्नो चरित्र राम्रो रहेको, काही पनि भ्रष्टाचार नगरेको, जनताको काम गर्ने अठोट लिएको कारण भोट दिन आग्रह गरे । संस्कृतमा एमए र शिक्षा शास्त्रमा बिएड गरेको बताउने उनले आफू चुनाव जित्ने पटक–पटक दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर