पूर्वाञ्चल खबर
मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धालाई रोचक रुपमा हेरिदै आएको क्षेत्र विराटनगर ११ मा रहेको साकेला थानमा गएर सम्पुर्ण किराँती समुदायसँग भोट मागेका छन् । प्रभावशाली र लोकप्रिय मानिएका नेता पण्डितले साकेला थानमा गएर पारुहाङ र सुम्नीमासंग आगामी मंसिर २१ गते हुन लागेको प्रतिनीधीसभाको चुनावमा आफ्नो जित हासिल होस भनि आशिबार्द पनि मागे । उनले साकेला थानमा किराँतीहरुको प्रसाद पनि ग्रहण गरे । त्यसैगरी क्षेत्र नम्बर ६ ख का प्रदेशसभाका उम्मेद्वार रमेशप्रसाद पोखरेल पनि सहभागी भएका थिए ।
नेपाल बहुजातिय बहु साकृतिक, बहु भाषिक र बहु भौगोलीक रहेका कारण हामी सबै जातीले विभिन्न पर्व मनाईदै आएका कारण किराँती धर्मालम्वीहरुको यो पर्वको सम्पुर्ण किरात समुदायलाई शुभकामना व्यक्त पनि गरे । त्यस क्षेत्रमा अर्का काग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला उनका विरुद्ध चुनावी मैदानमा छन् ।
प्रकृति र पितृको पूजा गरी आज राई, लिम्बु, सुनुवार, याक्खालगायत किराँत समुदायको ठूलो चाड साकेला उधौली पर्व विराटनगरमा भव्यरुपमा मनाएका छन् । किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछी आप्mनो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडको रुपमा मनाउने गर्दछन् ।
परम्परा अनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याक्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला आईतबार संयुक्त रुपमा मनाएका छन् । किराँत समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाउने गर्दछन् ।

पर्वको अवसरमा बिराटनगर–११ मा रहेको साकेला थानमा सबै किराँत समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किराँत समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका यूवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो ।
उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किराँत राई यायोख्खा नगर परिषद विराटनगरका अध्यक्ष विष्णु राईले जानकारी दिईन् ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेक तिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृतिपूजक किराँत समुदायले भाषा, संस्कार र संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किराँत समुदाय यो पर्व मनाउँछन् ।
उधौलीको अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाइरहेका छन् ।