पूर्वाञ्चल खबर
सुनसरीको दुहवीमा वामपन्थी गठवन्धनको आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले त्यसो भनेका हुन् । उनले जनतालाई अधिकार सम्पन्न वनाउदै स्थिरता र सुशासनका लागि एमालेले जीत्नु पर्ने वताए ।
सुनसरी ३ मा यसपटक नयाँ इतिहाँस रचिने अध्यक्ष ओलीको दावी छ । उनले भगवती चौधरीले जीते पनि हराउने भन्ने कसैले नसोचे हुन्छ भने । एउटा मान्छेका लागि प्रहरी प्रशासनले कर्तब्य विपरित तलमाथी गर्न नसक्ने यदि गर्न खोजे ठूलो दुष्शाहस हुने अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले भने अव कसैको जमिन्दारी चल्दैन जनताका दिन आए ।
त्यसैगरी झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले संविधान संशोधन गर्न सकिने बताए । उनले संविधान गतिशील दस्तावेज भएकाले संसोधन गर्न मिल्ने बताएका हुन् ।
झापाको आफ्नैको कमल गाउँपालिका ५ मंगलबारेमा आयोजीत कोणसभामा ‘आवश्यक भए देश भित्रै छलफल गरी राष्ट्रिय आवश्यकता महसुस भएमा संविधान संशोधन हुन सक्छ’ ओली बताए । उनले भारतमा गएर कसैलाई खुसी पार्नका लागि वा सत्ता टिकाउन संविधान संशोधनको प्रयास गरिए त्यो स्वाधिनता र राष्ट्रिय हित बिपरीत हुने बताए ।
त्यस्तै उर्लाबारीमा आयोजित सभामा बोल्दै एमाले अध्यक्ष ओलीले देशलाई समृद्धितर्फ लैजान बाम गठबन्धनको जित आवश्यक रहेको बताए ।
संयुक्त बाम गठबन्धन मोरङ क्षेत्र नम्बर एकले उर्लाबारीमा आजै आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बाम गठबन्धनको सरकार निर्माण भएपछि आगामी पाँच वर्षभित्र देशको कायापलट हुने बताए ।
नेपाली काँग्रेसले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाईरहेको आरोप लगाउँदै अध्यक्ष ओलीले अब देश विकाशको जिम्मा बाम गठबन्धनको रहेको बताए । मोरङ क्षेत्र नम्बर १ का बाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै उनले यस क्षेत्रका समस्या समाधानको जिम्मा आफुले लिने समेत बताए ।
अध्यक्ष ओलीले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताले काँग्रेस काम लाग्दैन भन्दै पार्टी छाडेकाले काँग्रेसले देशलाई समृद्धितर्फ लैजान नसक्ने बताए ।