AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर ७ मा ८७ जना एमालेमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७४, शुक्रबार १९:२६
3
Shares
विराटनगर १५ मंसिर । विराटनगर ७ मा विभिन्न पार्टी परित्याग गरि आज एमालेमा ८७ जना प्रवेश गरेका छन् ।

साविक विराटनगर १० का वडाध्यक्ष राप्रपा नेता प्रेमप्रकाश न्यौपाने र नेपाली काँग्रेसका यूवा नेता प्रतापसिंह कार्कीको नेतृत्वमा ८७ जना एमालेमा प्रवेश गरेका हुन् । एमाले क्षेत्र नंवर ६ को चुनावी कार्यक्रम अन्र्तगत उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

विराटनगर ७ को हरियाली चोकमा आयोजित चुनावी कोणसभामा प्रतिनिधि सभाका उम्मेदवार लालबाबु पण्डित, प्रदेश ६ (ख)का उम्मेदवार रमेश पोखरेल, यूवा संघ नेपालका केन्द्रीय सचिव पर्शुराम वस्नेत, माओवादी नेता तथा विराटनगर ६ का वडाध्यक्ष विजय कामत लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर