खबर पूर्वाञ्चल
आज विराटनगरको डिग्री कलेजको खेल मैदानमा भएको फाइनल खेलमा कान्तिपुरले विराटनगरकै निहारीका कलेजलाई ६ विकेटले पारजित गरी उपाधि माथी कब्जा गरेको हो ।
ईन्द्रेणी क्रिकेट क्लवको आयोजनामा भएको खेलमा ५१ रनको सामान्य लक्ष्य पछ्याएको कान्तिपुरले ९ दशमलव १ बलमा ४ विकेट गुमाई लक्ष्य पार गरेको थियो । काीतपुरका अन्तराष्ट्रिय खेलाडि मेहबुव आलमले १३ रनको योगदान दिएका थिए । निहारीका मेशबुवबाबू इराकीले २ विकेट लिए ।
यस अधि टस हारेर ब्याटिङ गरेको निहारीकाले ११ दशमलव ४ बलमा सवै विकेट गुमाई ५० रनको भिलनो योगफल तयार गरेको छ । निहारीकाका मनोज मण्डलले सर्वाधिक ११ रनको योगदान दिएका थिए । कान्तिपुरका फिर्दोस अन्सारी र बब्लू राजवंशीले समान ३ विकेट तथा मेहबुब आलमले २ विकेट लिए ।
फाइनल खेलका म्यान अफद फाइनल कान्तिपुरका फिर्दोस अन्सारी घाषित भए भने प्रतियोगिताकै उत्कृष्ट खेलाडी निहारीकाका दिपक पासवान घोषित भए । उत्कृष्ट ब्याट्सम्यान निहारीकाका विशाल ढकाल तथा उत्कृष्ट बलर पनी निहारीकाकै मेहबुबबाबु इराकी भए ।
विजेता तथा अन्य खेलाडिलाई क्यानका उपाध्यक्ष नरेश श्रेष्ठ, कान्तीपुर कलेजका प्रिन्सिपल सन्तोष भगत,कान्तिपुरका सञ्चालक खुशीराज श्रेष्ठ र अन्राष्ट्रिय एम्पायर सीरीस उपाध्यायले पुरस्कार तथा प्रमाण पत्र बाँडेका थिए ।