खबर पूर्वाञ्चल
चुनावी अभियान कसरी चलिरहेको छ ?
देश नै अहिले चुनावमय अवस्था भइरहेको छ । कृषकहरु यतिबेला बाली भित्र्याउने कार्यमा जुटिरहनु भएको छ । तर, पनि उहाँहरुले समय मिलाएर देश बनाउने सवाल भएकाले निर्वाचनमा जुटिरहनुभएको छ । पार्टीका नेता–कार्यकर्ता सबैलाई चुनाव लागेको छ । सबै जनताको घरदैलोमा जान व्यस्त छन् । म स्वयं नै उम्मेदवार छु । त्यसैले पनि चुनाव र भोट माग्नमै व्यस्त छु । म जनताको घरदैलोमा पुगेर भोट मागिरहेको छु ।
मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाइरहनुभए छ ?
मैले सोचेभन्दा राम्रो प्रक्रियाहरु पाइहेको छु । घरदैलोमा पुगेर मत माग्न जादा सबैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । घरदैलो गर्ने क्रममा म प्रत्यके घरहरुमा पुग्ने गरेको छु । बृद्ध आमा, बुवाहरुले विजयीको आशिर्वादहरु दिदै आउनुभएको छ ।
मतदाताले तपाईलाई किन भोट दिने ?
राजनीतिक हिसाबले विराटनगरले अग्रणी भूमिका निर्वाह गरिसकेको छ । अब राजनैतिक क्रान्ति पुरा भएको हुनाले अबको पहिलो प्रथामिकता भनेको समृद्धि देश निमार्ण गर्ने र आर्थिक रुपमा अगाडी बढाउने हो । मेरो क्षेत्रकोे विकासको लागि समग्र वैज्ञानिक ढङ्गबाट विकासको योजनाको खाका तयार परेको छु । त्यस्तै नगर र गाउँ क्षेत्रमा वौद्धिक क्षेत्रमा व्यक्तिको समेत ठूलो संख्यामा बसोबास रहेको हुनाले एउटा सुविधासम्पन्न लाइब्रेरी खोल्ने योजना छ । त्यस्तै विराटनगरको आर्थिक विकासमा पछि परेको हुनाले यसलाई अगाडि बढाउन बिशेष पहल गर्नेदेखि वर्तमानमा देखिएको नगरका समस्या (जस्तो ः सडक, खानेपानी तथा सरसफाइलगायतको समस्या)लाई तत्काल समाधान गर्ने पहल गर्नेछु । यस क्षेत्रमा अरूले गर्न नसकेको काम गर्नेछु । त्यस्तै मेरो क्षेत्रमा बुधनगर पनि रहेको छ । त्यस क्षेत्रको विकास लागि पनि मैले छुट्टै योजनाहरु निमार्ण तय गरेको छु ।
तपाईको जित्ने आधार के हो ?
म सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेको हुनाले यस क्षेत्रको जनताको समस्या मैले राम्रोसँग बुझेको छु । त्यही भएर पनि आउँदै गरेको निर्वाचनमा प्रतिनिधी सभामा सहित दुई वटै प्रदेश सभाको निर्वाचनमा यस क्षेत्रका मतदाताले अत्याधिक मत दिएर जिताउन लालयित छन् ।
तपाईका चुनावी एजेण्डा के के छन् ?
मैले मतदाताहरुसँग विकासको एजेन्डा राखेको छु । सबैले यसको प्रशंशा गर्नुभएको छ । काम गर्नु र जनताको लोकप्रिय नेता हुने योजना छन् । गफ भन्दा पनि काममा विश्वास गर्ने मेरो विश्वास छ । भारतसँग जोडिएको क्षेत्र रहेकाले सीमाको सुरक्षा गर्दै सडक स्तरोन्नतिको योजना पनि प्राथमिकतामा रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारमा जनताको पहुँच हुने योजना ल्याउने छु । यस क्षेत्रलाई औद्योगिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छु । मैले जितको खण्डमा यो मैले बाचा गरेको कुराहरु पुरा गर्नेछु ।
तपाईको प्रतिक्रिया