पूर्वाञ्चल खबर
मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा आज मतदान भएको हो । पूर्वनिर्धारित कार्य तालिका अनुसार,आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको हो । लाइनमा बसेका मतदाताले भोट हाल्न सक्ने निर्वाचन आयोगले जनाएको छ।
मतदानमा बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएको थियो । संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।
पहिलो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव भएको हो । तर चुनावमा कसले जित्यो भन्ने थाहा पाउन कम्तीमा ११ दिन कुर्नु पर्नेछ ।
मंसिर २१ गते दोस्रो चरणको चुनावपछि मात्रै देशभरिको मतगणना एकैसाथ सुरु हुने आयोगले जनाएको छ ।