पूर्वाञ्चल खबर
किशोर–किशोरीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको पहीलो अडिसन मंसिर २ गते विराटनगरमा भएको थियो । तेस्रो अडिसन १६ गते विराटनगर र चौथो अडिसन पुन ईटहरीमा १७ गते हुने जय मिडिया म्यानेजमेन्टका चियरपर्सन जयराज रायले जानकारी दिए ।
मिस कोसीको चौथो संसकरण र मिस्टर कोसीको दोस्रो संसकरण अडिसन भएको आयोजकले जनाएको छ । इटहरीमा आज भएको अडिसनमा मिस कोसीको लागी ६ जना र मिस्टर कोसीका लागी ८ जना सहभागि रहेको जय मिडिया म्यानेजमेन्टका चियरपर्सन जयराज रायले जानकारी दिए ।
पुषको अन्तिम साता हुने ग्राण्ड फिनालेको विजेताले नगद १ लाख नगद र चाँदीबाट निर्मित क्राउन पाउने आयोजकले जनाएको छ ।