AArya
RUMPUM
animated ellipse animated ellipse

नव आगन्तुक विद्याथीलाई एभरेष्टको स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ मंसिर २०७४, शनिबार १९:०३
3
Shares
पथरी,९ मंसिर । मोरङ पथरीशनिश्चरे–१ मा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयका कक्षा–१२ का विद्यार्थीहरुले कक्षा–११ का विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेका छन् ।

आज विद्यालयको सभा हलमा आयोजित सो कार्यक्रममा विद्यार्थी आन्तरिक परीक्षाका व्यवस्थापन संकाय÷विज्ञान कक्षा ११÷१२ क्रमशः ३ हजार २ हजार र १ हजार राखी पुरस्कार दिएको थियो । प्रथम हुनेमा विकल निरौला ८२.४ प्रतिशत, दोस्रो हुनेमा हिकमत शेर्पा ७६ प्रतिशत र तेस्रो हुने निरन्जन लामिछाने र एन्जेल खतिवडा ६३.२ प्रतिशत गरेका थिए ।

कक्षा –११ का द्वय रविन्द्र कट्वाल ७८.४ प्रतिशत र नारायण खत्री र दोस्रोमा भीमकुमार भण्डारी ७१.२ प्रतिशत र तेस्रोमा नैना लिम्बु ६७.७ प्रतिशत पाएका थिए । त्यसरी नै विज्ञान संकायका १२ कक्षामा प्रथम हुनेमा लोचन मिश्र ७४.८ प्रतिशत सान्त्वना पाएका विशाल मगरले ६९.७ प्रतिशत पाएका थिए । कक्षा–११मा पशुुुपति दाहाल प्रथम ९३.२ प्रतिशत दोस्रोमा डेनिस खनाल,९१ं६ प्रतिशत र तेस्रोमा विशाल निरौला ८९.६ प्रतिशत पाएका थिए ।

पुरस्कार वितरण विद्यालयका निर्देशक रविन कन्द्वा र प्लस–टु का संयोजक हीरालाल देवकोटा प्रदान गरेका थिए । कार्यक्रममा शिक्षकहरु कमलप्रसाद तिम्सिना, पद्यमा ढकाल पाण्डे, लगायतको उपस्थित थियो ।

कार्यक्रमको प्रमख अथितिमा पुुुुुर्वाञ्चल सिटिएफ नेपालका विनोद कार्की, अभिभावक संघका अध्यक्ष प्रर्शुराम मिश्र, थिए । सो कार्यक्रममा मन्तव्य राख्नेमा अभिभावकका तर्फबाट घनश्याम ढकाल र विद्यालयको तर्फबाट प्राचार्य शान्तिराम तिम्सिनाले राखेका थिए ।

कक्षा–१२ को विद्यार्थीहरुले कक्षा–११ को विद्यार्थीलाई स्वागत गर्दै फुलको गुच्छा र डायरी दिइएका थिए । कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर