खबर पूर्वाञ्चल
विराटनगरमा आयोजना गरिएको कार्यक्रममा उक्त पार्टीका केन्द्रीय नेता तथा स्थानिय उम्मेदवारहरुले सम्बोधन गरेका छन । सभामा बोल्दै विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य तथा यूवा नेतृ रन्जु दर्शनाले देश निर्माणको अबको जिम्मा यूवा नेतृत्वलाई दिनु पर्ने बताइन् । उनले ठुला दलका नेताहरुले २१ औं शताब्दीको गति अनुसार देशलाई नेतृत्व दिननसकेको बताउदै यूवाहरुले देशको नेतृत्व सम्हाल्न पाए विकासले गति लिने विचार ब्यक्त गरीन् ।
कार्यक्रमा विवेकशील साझापार्टीका केन्द्रीय नेता गोबिन्द नारायण विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य डा. तारा काफ्ले तथा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका अमलेश कर्ण, मोरङ ६ को क र ख प्रदेश सभाबाट सरोज नेपाल र गणेशराज बिष्टलगायतले आफ्ना एजेण्डाका बिषयमा बालेका थिए ।