खबर पूर्वाञ्चल
कक्षा ११ र १२ मा अध्ययन गर्ने विज्ञान तथा व्यवस्थापन संकायका विधार्थीहरु सहभागी भएर आफनो प्रतिभा देखाउने र प्रर्दशनीमा भाग लिएको विधालयका विज्ञान इन्चार्ज तुलसीप्रसाद निरौलले जानकारी दिए । विज्ञान सेमिनार तथा प्रर्दशनीमा विधार्थीहरुले जलवायु परिवर्तनको असर, एन्टीबायटीक औषधीको प्रभाव, न्यानो टेक्नोलोजीका विषयमा छलफल तथा प्रस्तुति गरेका थिए ।
त्यस्तै तारविहिन बत्ति बाल्ने प्रविधी, थ्रिडी प्रविधीको फोटो प्रर्दशनी, विशालु सर्प चिन्ने र टोके पछि अपनाउनु पर्ने सावधानीका विषयमा पनि प्रर्दशनी र छलफल गरेका निरौलाले जानकारी दिए । व्यवस्थापन तर्फको सेमिनारमा विधार्थीहरुले बैकिग तथा इ बैकिग र आर्थिक प्रणालीका विषयमा छलफल र प्रस्तुती गरेका थिए ।
सेमिनारमा विधार्थी शंशाक रिजाल प्रथम जिसान सिद्धिकी द्धितिय र लुना खतिवडा तृतिय भएका थिए । विधालयका प्रार्चाय टिकाराम पुरीले विधालयमा गरिएका यस्ता क्रियाकलापले विधार्थीमा उत्प्रेरणा जागृत हुने र शैक्षिक ज्ञान प्राप्त हुने बताए । एभरेष्ट उच्च मा. वि. ले यस्ता अक्तिरित गतिविधी गरेका कारण विगतमा उच्च माविमा राम्रो नतिजा ल्याउँदै आएको छ ।
तपाईको प्रतिक्रिया