animated ellipse animated ellipse

प्रतिष्पर्धीले भ्रमको खेती गरे – पोखरेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७४, शुक्रबार १८:५१
3
Shares
रंगली, १ मंसिर / मोरङ क्षेत्र नम्बर २ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेलले आफ्ना ‘टुरिष्ट’ प्रतिस्पर्धीले जनतामा भ्रमको खेती गर्न खोजेका आरोप लगाएका छन् ।

सोहि क्षेत्रको रतुवामाई नगरपालिका १० सातमेडी स्थित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले भने‘ मेरा कांगे्रसका प्रतिष्पर्धी उम्मेदवारले म सिधै मन्त्री हुने मान्छे । यस क्षेत्रको काया पलट गरिदिन्छु भनेर भाषण गरेर जनता झुक्याउदै हिडेको सुनेको छु । मुलुकमा बहुमत वाम गठबन्धनको बहुमत आउँछ अनि कसरी उनी मन्त्री बन्छन् । तपाई आफै विचार गनुस्’ ।

पोखरेलले आफुहरु स्थानिय धर्तिपुत्र भएकाले सो क्षेत्रका तमाम समस्याका विषयमा जानकार रहेकाले उक्त क्षेत्रको विकासलाइ तिब्र गतिमा अगाडि बढाउन आफुहरुलाइनै मत दिनुपर्ने बताए ।

नेकपा एमाले मोरङका सचिव तथा सो क्षेत्रका पूर्व सांसद समेत सहेका पोखरेलले २२ वर्ष सम्म कांग्रेसले शासन गरेको यो क्षेत्रका उक्त अवधिमा कुनैपनि विकास नभएपनि आफु निर्वाचित भएको ३ वर्षमै प्रयाप्त विकास निर्माण कार्यहरु भएको बताए ।

उनले आफ्नो कार्यकालमा अलपत्र अवस्थामा रहेको झुर्कियाको स्वास्थ्य चौकी अहिले सुविधा सम्पन्न बनाएको, नेपालमै पहिलो पल्ट ३ वटा राजमार्गहरु स्वीकृत भएर कार्यान्वयन भएको तथा बक्राह नदि नियन्त्रका लागि साढे चार अर्व बजेटको परियोजना समेत अगाडी बढेको बताए ।
उनले आफुले काम गरेको ३ वर्ष अवधिमा उक्त क्षेत्रका सम्पुर्ण मुख्य सडकहरु स्तरोन्नति भएको समेत बताए ।

उनले आफ्ना प्रतिष्पर्धी कांग्रेस उम्मेदवार मिनेन्द्र रिजालतर्फ इंगित गर्दै यो क्षेत्रसँग कुनैपनि किसिमको साइनो नभएको व्यक्तिले विकासको बाढी ल्याइदिन्छु भनेर जनतालाइ भ्रममा पारिरहेको दावी गरे ।

उनले स्थानिय क्षेत्रको विकास, स्थायी सरकार निर्माण र मुलुकको समृद्धिका लागि पनि बाम गठबन्धनलाइ विजयी गराउन आग्रह गरे ।

सभामा सोही क्षेत्र क का प्रदेशसभा सदस्यका उम्मेदवार गणेश उप्रेतीले आफुहरु स्थानिय भएकाले स्थानिय समस्यासँग परिचित रहेकाले क्षेत्रको सम्पुर्ण विकासका लागि बाम गठबन्धनलाइ मत दिएर विजयी गराउन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका पोटिल व्यूरो सदस्य समेत रहेका नेता उप्रेतिले मुलुकका दुई ठुला बाम पार्टी एकताको प्रकृयामा रहेकाले निर्वाचनलाइ पनि यसै सँग जोडेर हेरिनुपर्ने बताए ।
उनले स्थायी सरकार निर्माण गरि मुलुकलाइ समृद्धिको दिशामा आडि लैजानका यो निर्वाचन अन्तिम लडाई भएको बताए ।

सो अबसरमा नेपाली कांग्रेस परित्याग गरि दर्जनवढी स्थानिय वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

नव प्रवेशीलाई उम्मेदवार दोय पोखरेल र उप्रेतिले टिका लगाई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर