पूर्वाञ्चल खबर
महानगरपालीका र ब्यापारिक मार्ग बिस्तार आयोजना (सिक्स लेन)का प्रतिनिधीसहितको टोलीले सडक समस्या समाधान गर्ने सहमति गरेका हुन् । तत्कालका लागी बरगाछी देखि रोडशेष सम्म ८ मिटर चौडा सडक द्रुत गतिमा पिच गर्ने सहमति भएको विराटनगर महानगर पालीकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
नौ मिटर चौडा सडक निर्माण भएसंगै केहीहदसम्म सहज हुने अनुमान गरिएको छ । छलफलमा मेयर पराजुली, सिक्स लेन परियोजनाका प्रमुख बिनोदकुमार मौवार ,महानगर पालीकाका अधिकृत प्रदिप निरौला ,इन्जिनियर घनेश्याम काफ्ले ,इन्जिनियर हर्क प्रधान रहेका थिऐ ।
यसै गरी महानगरपालीकाले परियोजनाको काममा समन्वय गर्न महानगर पालीकाबाट इन्जिनियर घनेश्याम काफ्ले र परियोजनाका तर्फवाट इन्जिनियर हर्क प्रधानको दुइ सदस्य समन्वय टोली समेत बनाएको छ । पटक पटक ब्यापारिक मार्ग विस्तार आयोजना ( सिक्स लेन ) का पदाधिकारीहरुलाई महानगर पालीकाले समस्या समाधान गर्न आग्रह गरेको थियो । लामो समय सम्म समस्या समाधान नभए पछी महानगर पालीकाले खाल्डा खुल्डी पुर्ने र सडकमा पानी हालेर धुलो नियन्त्रण गर्ने काम गर्दे आएको थियो ।