AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा पिकअपको ठक्करबाट ५ वर्षीया बालकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० भाद्र २०८२, शुक्रबार २१:११
90
Shares
विराटनगर /मोरङको बुढिगंगा गाउँपालिका–४ पशुपति टोलमा आज दिउँसो सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ।

आज दिउँसो ४ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेकी स्थानीय सबहरी पौडेलका पाँच वर्षीय छोरा शम्भु पौडेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

गंभीर घाइते भएका शम्भुलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल गंगाचोक लगिएकोमा उपचारको क्रममा सवा ४ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा संलग्न पिकअप चालक सुनसरी दुहबी नगरपालिका–११ का २७ वर्षीय दिपनारायण रिसिदेवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको इप्रका नेमुवाले जनाएको छ।

घटनास्थलमा प्रहरी नायब निरीक्षक भुवन श्रेष्ठको कमाण्ड खटिएको टोलीले प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ।

मृतक बालक स्मृति बोर्डिङ स्कुल युकेजीमा अध्ययनरत थिए। उनी विद्यालयबाट घर फर्किने क्रममा दुर्घटनामा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर