RUMPUM
animated ellipse animated ellipse

वाम गठबन्धनका उम्मेद्वार भन्छन्,‘उर्लाबारीलाई समृद्ध बनाउँछौं’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ कार्तिक २०७४, मंगलवार १९:५८
3
Shares
सरोज बस्नेत
उर्लाबारी, २८ कार्तिक / मोरङ क्षेत्र नं. १ वाम गठबन्धनका उम्मेद्वारहरु चुनाबी अभियानमा निस्किएका छन् ।

मोरङ क्षेत्र नं. १ (क) मा प्रतिनिधि सभाका सदस्य उम्मेद्वार घनश्याम खतिवडा र प्रदेश सभा (क) का उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल लिम्बू) को उपस्थितिमा उर्लाबारीको आधा दर्जन स्थानमा चुनावी सभा कार्यक्रम भएको छ । उर्लाबारी वडा नं. ७ को मुनाल, दुर्गा र शान्ति टोलको संयुक्त चुनावी सभामा उम्मेद्वार घनश्याम र कुशलले सम्बोधन गर्दै उर्लाबारीको विकास र समृद्धीको लागि आफूहरुको उम्मेद्वारी भएको प्रष्ट पार्दै वाम गठबन्धनले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा दुई तिहाइ मतसहित चुनाव जित्ने दावी गरेका छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेद्वार खतिवडाले एमाले र माओवादी केन्द्रका नेताहरुले गठबन्धन चुनावका लागि मात्रै नभएर एकीकरणका लागि भएको भन्दै आफूहरुलाई मतदाताले दुई तिहाई मत दिने दाबी गरेका छन् । उनले मतदाताले वाम एकतालाई स्वीकार गरेको भन्दै चुनावमा सबै वाम उम्मेदवारहरुले जित्ने दाबी गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा (क) का उम्मेद्वार कुशलले धेरै अघिको चाहना अहिले पूरा भएको भन्दै विकासका लागि वाम गठबन्धनलाई मतदाताले जिताउने बताएका छन् । सामन्तबादको अन्त्य भइसकेकाले अब फेरि कहिल्यै उठ्न नसक्ने गरी सामन्तवबदको अवेशषलाई अन्त्य गर्ने वाम गठबन्ध गरिएको उनले बताएका छन् । त्यस्तै, उर्लाबारी–७ कै गणेश, बरगाछी र बैशावारी टोलको पनि चुनावी सभा कार्यक्रम भएको एमालेका स्थानीय नेता निरोज तिम्सिनाले बताएका छन् । उम्मेद्वार खतिवडा र कुशलले देशको विकास र समृद्धीका लागि एक पटक वाम गठबन्धनलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन् ।

एमाले र माओबादीको एकता नै समृद्धिको आधार भएको बताउँदै उनीहरुले समाजवादतर्फ मुलुकलाई लैजान आवश्यक रहेको बताएका छन् । त्यस्तै, अखिल र अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पसको संयुक्त भेला सम्पन्न भएको छ । उक्त भेलामा उम्मेद्वार खतिवडा र कुशलले बोल्दै बिद्यार्थीहरुको परिवर्तनको सम्वाहक भएको भन्दै एक पटक वाम गठबन्धनलाई जिताउन अनुरोध गरेका छन् । उनीहरुले एउटै मञ्चमा उभिएर उर्लाबारी बहुमुखी क्याम्पसको स्तरोन्तीका लागि पहलकदमी गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, उर्लाबारी वडा नं. ८ मा एमाले र माओबादीको संयुक्त वडा भेला सम्पन्न भएको छ । भेलामा प्रतिनिधि सभा सदस्य उम्मेद्वार खतिवडा र प्रदेश सभा (क) का उम्मेद्वार कुशलले सम्बोधन गर्दै जनताले वाम एकताको पक्षमा मतदान गर्ने उल्लेख गर्दै कार्यकर्ताहरु पनि एकीकृत भएर लाग्नु पर्ने उल्लेख गरेका छन् । उनीहरु दुबैले उर्लाबारी–७ स्थित जीवन बचाउ उपचार सेवा केन्द्रको निर्माणधिन भवन, खोला तटबन्धनको अवस्था, पाथीभरा मन्दिरलगायतको अवलोकन समेत गरेका छन् ।

जनताको तटबन्धन गैडेले मावा खोलामा तटबन्धनको नाममा जथाभावी काम गरेको र त्यसले मोरङ क्षेत्रलाई खतरामा पार्ने पनि उम्मेद्वारहरुले निष्कर्ष निकाल्दै सरोकारवाला निकायलाई गम्भिर हुन अनुरोध गरेका छन् । उर्लाबारीका हरेक क्षेत्रको विकास निर्माणमा आफूहरु प्रतिबद्ध भएर काम गर्ने उल्लेख गर्दै वामपन्थी गठबन्धनका उम्मेद्वारलाई मतदान गरी जिताउन उर्लाबारीबासीहरुलाई उनीहरुले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर