AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल युथ १९ एसिया कपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७४, मंगलवार १६:३२
3
Shares
विराटनगर, २८ कार्तिक /नेपाली यु–१९ टिम यू–१९ युथ एसिया कपको क्रिकेटको अन्तिम चारमा प्रवेश गरेको छ । नेपालले भारतीय यू–१९ टिमलाई पछि पर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

मलेसियामा जारि प्रतियोगितामा मलेसिया बिरुद्धको जित्ने पर्ने खेल नेपालले ८ विकेटले सहजै जित हात पार्दै ३ खेलमा २ जित सहित ४ अंक बटुल्दै समुहमा दोस्रो हुदै पहिलो पटक सेमीफाइनलमा प्रवेश गरेको हो ।
नेपाल सेमीफाइनलमा पुग्न बंगलादेश सहयोग गरेको थियो आजै भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछी नेपालले सेमीफाइनलमा स्थान पक्का गरेको हो ।

नेपालले सेमीफाइनल खेलमा समुह ‘बि’ को बिजेता अफगानिस्तानसँग शुक्रबार किनरारा मैदानमा खेल्नेछ ।

बंगलादेशले समुह चरणमा ३ वटै खेलमा जित हात पार्दै समुह बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो । नेपालले बंगलादेशसंग २ विकेटले पराजय बेहोरेपछि भारत र मलेसियालाई पराजित गर्दै कुल ४ अंक बटुली समुह ‘ए’ उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्रतियोगितामा भारतले खेलेको ३ खेल मध्ये मलेसियासंग १ खेल मात्रै जित्न सक्यो र समुह चरणबाटै बाहिरिन पुग्यो । राहुल द्रविडको प्रशिक्षण रहेको भारतीय टिम प्रतियोगिताको डिफेन्डिङ च्याम्पीयन हो ।

भारतले पहिले ब्याटिंग गर्दै बनाएको १ सय ८७ रनको चुनौतीे बंगलादेशले २८ ओभरमा २ विकेट गुमाई सहजै जित हात पारेको हो । बंगलादेशको जितमा पिनक घोषले सर्बाधिक अविजित ८१ रनको योगदान दिएका थिए । जसमा ३ छक्का र ६ चौका सामेल थियो । यस्तै तहिड रिडोएले पनि अविजित ४८ रन योगदान दिएका थिए । उनले ४ छक्का र ४ चौका प्रहार गरेका थिए । नेपालले आज सम्पन्न खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर