पूर्वाञ्चल खबर
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङको आयोजनामा जिल्लाभरीको विभिन्न विद्यालयमा अध्ययरत विद्यार्थीको प्रतिभा खोजी गर्ने उद्देयले प्रतियोगिता हुँदै आएको सहकारीको सचिव नगेन्द्रप्रसाद ढकालले जानकारीले दिए । ‘सहकारीको बैठक बसी चौथो संस्करणको सिंगीन स्टार गर्ने निर्णाय भएको छ,’ उनले भने, ‘यस वर्षको प्रतियोगिता पनि सधैको भन्दा भव्य र सभ्य हुनेछ ।’
प्रतियोगिता सम्पन्न गर्न संयोजक समेत तोकेको सहकारीले जनाएको छ । प्रतियोगिताको संयोजकमा सहकारी सचिव ढकाललाई तोकेको छ । उनका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन चाँडै हुने जानकारी दिए ।
एसबीएससी सिंगीन स्टार सिजन – ३ को बिजेता विराटनगरकी दिव्या गिरी भइएकी थिइन् ।