खबर पूर्वाञ्चल
मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुनिल शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज विराटनगरले आयोजना गरेको शिविरमा प्रहरीले हस्तक्ष्प गरी तीन जना डाक्टरलाई आधा घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।
निर्वाचन आयोगले सिविर गर्न रोक लगाएपछि अटेरी गरी शिविर सञ्चालन गरेको भन्दै प्रहरीले डाक्टरलाई पक्राउ गरी आधा घण्टापछि छोडेको हो ।
पथरी–शनिश्चरे नगरपालिकाको– ३ मा रहेको ४६ विघे टोलमा शिविर सञ्चालन गरिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
प्रहरीले स्वास्थ्य शिविर रोकेको विरोधका कांग्रेस कार्यकर्ताले महेन्द्र राजमार्ग केही बेर अवरुद्ध गरेका थिए ।
चुनावको मुखमा आचारसंहिता विपरीत मतदाता प्रभावित पार्न शर्माको अस्पतालका डाक्टरहरुको टोलीले शर्माको निर्वाचन क्षेत्रमा विगत केही सातायता निःशुल्क स्वास्थ्य शिविर गरिरहेको आरोप लाग्ने गरेको छ ।
शिविरलाई बिहानैदेखि निगरानीमा राखेको प्रहरीले दिउँसो डक्टरहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले स्वास्थ्य जाँच र उपचारमा सक्रिय देबराज घिमिरेका साथमा डा. बुद्ध भण्डारी र डा. रोहित दाहाललाई समेत पक्राउ थियो ।
यसैगरी स्वास्थ्य शिविरमा अवरोध गरेको र डाक्टर र नर्सलाई हातपात गरी १० मिनेट नियन्त्रणमा लिएको बिरोधमा काङग्रेस कार्यकर्ताले २० मिनेट महेन्द्र राजमार्ग अवरुद्ध पारेको स्थानीयले बताएका छन् ।
तपाईको प्रतिक्रिया