खबर पूर्वाञ्चल
विराटनगरमा आज भएको १३ औं साधारणसभाले सुवेदीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरला चापागाईं, महासचिवमा उमेशचन्द्र दाहाल र कोषाध्यक्षमा राधिका गुरागाईं सर्वसम्मतबाट निर्वाचित भएका छन् । त्यस्तै दिपेश सुवेदी, दिवस सुवेदी, मीनकुमार नवोदित, कृष्ण कोइराला ‘चारघरे’, हरिप्रसाद बराल, बाबुराम श्रेष्ठ ‘वर्षा’ र सिर्जना प्रसाईं ढुंगाना सदस्यमा छनौट भएका छन् ।
प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार चेतना मासिक साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ भने चेतना सन्देश साहित्यिक पत्रिका पनि हरेक दुई महिनामा प्रकाशित गर्ने गरेको छ । साधारणसभामा प्रतिष्ठानका संरक्षक दिनेश सुवेदी, देवकिसन मुन्दडा, हरिभक्त सिटौला, सल्लाहकार देवी सुवेदी, चेतना सन्देश साहित्यिक पत्रिकाका संरक्षक रमाप्रसाद रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया