RUMPUM
animated ellipse animated ellipse

वाम गठबन्धनलाई जिताउन एमाले र माओबादी नेताको अपिल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७४, मंगलवार १८:०२
3
Shares
उर्लाबारी, २१ कार्तिक / वामपन्थी गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन कम्मर कसेर लागि पर्नु पर्नेमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताहरुले जोड दिएका छन् ।

आज केराबारीमा मोरङ क्षेत्र नं. १ निर्वाचन परिचाल कमिटी (ख) को आयोजनामा भएको छलफल कार्यक्रममा बोल्दै उनीहरुले सो कुरा बताएका हुन् । नेकपा एमालेकी केन्द्रीय सदस्य शिवमाया तुम्वाहाम्फेले दिगो सरकार र समृद्ध शहर बनाउने अभियानका लागि वामपन्थी गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आग्रह गरेकी छिन् ।

स्वाधिनता, समृद्धि र समाजवादका लागि पनि यस पटक वामपन्थी गठबन्धनका सबै उम्मेद्वारले जित्नै पर्ने उनको भनाई छ । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी तुम्वाहाम्फेले एमाले र माओबादीबीचको चुनावी तालमेल सफल बनाएर वाम एकताको पक्षमा जनमत सिर्जना गर्न पनि आवश्यक रहेको बताएकी छिन् ।

त्यस्तै, नेकपा माओबादी केन्द्रका पोलिट ब्यूरो सदस्य एबं मोरङ क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्यका उम्मेद्वार कुलप्रसाद साम्बा(कुशल) ले एमाले र माओबादीबाट को उम्मेद्वार भयो भन्ने विषय ठूलो नभएको बताउँदै देश र जनताको हितका लागि वामपन्थी उम्मेद्वारहरुलाई इमान्दारिताका साथ मतदान गर्नु पर्ने उल्लेख गरेका छन् । एमाले र माओबादी भनेर एकअर्कालाई भोट नदिने कार्य भए वामपन्थीहरुले बर्षौसम्म थिचिएर बस्नुको विकल्प नरहेको उनको भनाई छ ।

वामपन्थी शक्तिहरु एक भएर जनताको हितका काम गर्ने सुर्वण अवसर आउन लागेको र त्यसलाई सबैले भरपुर सदुप्रयोग गर्नु पर्ने उनको भनाई छ ।

त्यस्तै, नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. १ का उम्मेद्वार घनश्याम खतिवडाले एमाले र माओवादीका कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा ब्यापक रुपमा लाग्नु पर्नेमा जोड दिएका छन् । ‘सामन्ती सत्ता र उनीहरुका चाटुकारका विरुद्व लक्षित छ त्यसैले गठबन्धनको निर्णय केवल नेताहरुको लागि होईन, न त स्थानिय रुपमा टुक्रिएका मनहरुलाई टुक्राउनका लागि हो’ उनले भने–‘ धेरै साथीहरुले धेरै लामो समयदेखि राजनीति गर्नु भा छ, घात प्रतिघात, अपमान, तिरस्कार खानु भएको होला ? ब्यक्ति विशेषबाट हुने यस्तो कार्यलाई बाम गठबन्धनसँग गाँसीदिनु भयोभने ईतिहासमा तपाई जत्तिको बैमानी पात्र अरु हुने छैन ।’

कार्यक्रममा नेकपा एमाले मोरङका मोर्चा विभाग प्रमुख रुपेश खतिवडाले एमाले र माओबादीका तीनै जना उम्मेद्वारलाई अत्याधिक मतका साथ विजयी गराउन कार्यकर्ताहरु सक्रियपूर्वक लाग्नु पर्ने बताएका छन् । उनले तीनै जनालाई उम्मेद्वारलाई जिताएर वाम गठबन्धनको एकताको सन्देश पनि मोरङ क्षेत्र नं. १ बाट सुरुवात गर्ने प्रतिबद्दता जनाएका छन् । त्यस्तै, मोरङ क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य उम्मेद्वार उपेन्द्र घिमिरेले अब वामपन्थीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको उल्लेख गर्दै एमाले र माओबादी दुबै पार्टीका उम्मेद्वारहरुलाई मतदान गरी जिताउन आग्रह समेत गरेका छन् ।
कार्यक्रम मोरङ क्षेत्र नं. १ (ख) निर्वाचन परिचाल कमिटीका संयोजक नन्दलाल धिमालको सभापतित्वमा भएको थियो । भेलामा मोरङ क्षेत्र नं. १ का एमाले र माओबादीका नेताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर