RUMPUM
animated ellipse animated ellipse

बैदेशिक रोजगारीमा गएका महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आबश्यक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० कार्तिक २०७४, सोमबार १७:३५
3
Shares
विराटनगर, २०  कार्तिक / बैदेशिक रोजगारमाजाने महिला र बैदेशिक रोजगारमा गएको ब्यक्तिको श्रीमतीप्रति समाजले हेर्ने नकारात्मक दृष्टिकोण बदल्न सञ्चार माध्यमले प्रभाबकारी भुमिका निर्वाह गर्न जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।

आज विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङ र ओरेक विराटनगरले आयोजना गरेको बैदेशिक रोजगारमा महिला सामाजिक दृष्टिकोण र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बैदेशिक रोजगारीमा महिला र पुरुषदुबैलाई जोखिम भए पनि महिलाहरु प्रति समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएकोले परिवर्तन गर्न आबश्यक भएको बताएका छन् ।

दक्ष भएर बैदेशिक रोजगारीमा जानु र आर्थिक रुपले सम्पन्न हुनु महिला शसक्तिकरणको एउटा पाटो भए पनि पुरुषले कमाएर ल्याएको सम्पतीलाई गर्व ठान्ने समाजले महिलाले कमाएको सम्पतीलाई सकारात्मक नहेर्ने भन्दै सञ्चारमाध्यमले यस्तो धारणामा परिवर्तन ल्याउन सकारात्मक समाचारलाई जोड दिनु पर्ने बताएका हुन् ।

ओरेक विराटनगरकी प्रमुख मौसम राईले बैदेशीक रोजगारमा जाने महिलाको विषयमा सञ्चार माध्यमले सकारात्मक भुमिका निर्वाह गर्न आबश्यक भएको बताइन् । त्यसैगरी पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बैदेशिक रोजगारीमा जानु अगाडी सचेत हुन र फर्किए पछि पनि समाजमा सम्मानजनक हिसावले स्थापित गराउन मिडियाको भुमिका महत्वपुर्ण हुने बताए ।

पत्रकार महासंघ मोरङ पूर्व अध्यक्ष महेन्द्र विष्ट र आरेक विराटनगरकी कार्यक्रम संयोजक शोभा बजगाइले अबधारण पत्र प्रश्तुत गरेका थिए । कार्यक्रममा मोरङर सुनसरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार