AArya
RUMPUM
animated ellipse animated ellipse

मेलान मोरङको अध्यक्षमा राउत निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७४, आईतवार १६:२५
3
Shares
विराटनगर, १९ कार्तिक / मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) मोरङको अध्यक्षमा दिनेशकुमार राउतले अत्याधिक मत ल्याएर निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशनले १ सय २५ मत ल्याएर राउत तीन वर्षीय कार्यकालको लागि निर्वाचित भएका हुन् । नेतृत्व गर्न सक्ने क्षमता भएका राउत यस अघि पनि अध्यक्षको तीन वर्षको कार्यकाल कुसलता पुर्वक सम्पन्न गरिसकेका छन् ।

राउतका निकटतम प्रतिद्धन्द्धी जितेन्द्र झाले ३७ मात्र मत ल्याएका छन् । उपाध्यक्षमा पनि अंशु ठाकुरले फराकिलो मत १ सय १ मत ल्याएर विजयी भए । उपाध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । ठाकुरका निकटतम प्रतिदोन्द्धी ललित नारायण चौधरीले ३२ र कम्लेशकुमार कर्णले २६ मत ल्याए । सचिबमा जितेन्द्र देवले १ सय ३४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिदोन्द्धी शेखर मिश्राले ३१ मात्र मत ल्याए । कोषाध्यक्षमा अर्जुन राय सर्वसम्मत रुपमा चयन भए । सह–सचिबमा ९२ मत ल्याएर धिरेन्द्र चौधरी विजयी भए । उनका निकटतम प्रतिदोन्द्धी ओमप्रकाश यादले ५० र माधवकुमार कर्णले १५ मत ल्याएका थिए ।

त्यस्तै सदस्यहरुमा सन्तोष यादवले १ सय २८, दिपकप्रसाद देवले १ सय २०, हरेराम यादवले १ सय ७, दिपक पण्डितले १ सय १, बब्लु राय निर्वाचित भए । सर्वसम्मत रुपमा रघुपति चौधरी र ललिता राजवंशी सदस्यमा चयन भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर