AArya
RUMPUM
animated ellipse animated ellipse

सनराईजबैंकद्वारा बालगृहलाई सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७४, बुधबार १९:२६
3
Shares
उर्लाबारी, १५ कार्तिक /सनराईज बैंक दमक शाखाले उर्लाबारी–७ मा रहेको नमुना बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

बैंकले आज एक कार्यक्रमको आयोजना गरि बालबालीकालाई स्कूल ब्याग बितहरण गरेको छ । बैंक स्थापनाको १०औ बार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदाइत्व अन्तरगत २५ हजार बराबरको ४६ वटा ब्याग बितहरण गरिएको बैंकका दमक शाखा प्रबन्धक गुरुराज रेग्मीले जानकारी दिए ।

बालबालिकालाई तत्काल स्कस्ल ब्याग आवस्यक देखिएकोले बितहरण गरेको र आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने समेत रेग्मिले बताए । सहयोगी हातहरुलाई गृहकि अध्यक्ष मिना बराल ,सचीव जीवन घिमिरे ,संचार क्लब नेपाल अध्यक्ष घनश्याम भण्डारी ,अरनिको अस्पताल अध्यक्ष लोलिम पोमु ,पत्रकार रुपेन्द्र सेर्मालगाएतले धन्यवाद ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर