AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सडकको खाल्डा खुल्डी पुर्दै ग्लोबल युवा क्लव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७४, मंगलवार २०:३४
9
Shares
उर्लाबारी, १४ कार्तिक /छोटो समयमा उर्लाबारीमा निकै ख्याति कमाउन सफल ग्लोबल यूवा क्लव आईतबारेले उर्लाबारीको मुख्य राजमार्गमा रहेको खाल्डा खुल्डी पुरेको छ ।

आज क्लवका पदाधिकारीहरुले गोदवारी हस्पिटल अगाडी रहेको पश्चिम बस स्टेन देखी आईतबारे चोक सम्मको सडकका खाल्डा खुल्डी पुरेको क्लबका सचिब नेत्रप्रसाद आपागाईले जानकारी दिएका छन् । क्लवका अध्यक्ष प्रेमबहादुर याख्खा लिम्बू सहित सो कार्यमा समाजसेवी सर्वजित भण्डारी,उपाध्यक्ष जितेन्द्र गहतराज,सदस्य सन्जय भण्डारी,सदस्यहरु ताराबहादुर कार्की,सुजता थापा,अस्मिता ढकाल र दिपा न्यौपाने,जिवन बचाउ गृहका पूर्व अध्यक्ष रबिन्द्र दहाल लगायतको श्रमदान रहेको थियो ।

क्लवको कोषबाट बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथबाट खाल्डा खुल्डी पुरिएको सचिब आपागाईले बताए ।ग्लोबल यूवा क्लवले यसअघि उर्लाबारीमा नेपाल आईडलको टिम ल्याएर साँगीतिक कार्यक्रम पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर