RUMPUM
animated ellipse animated ellipse

ढुंगेललाई रिहा गर्न माओवादीको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७४, मंगलवार १७:५६
3
Shares
विराटनगर, १४ कार्तिक/ माओवादी नेता बालकृष्ण ढुंगेललाई षड्यन्त्र गरी पक्राउ गरेको भन्दै माओवादी केन्द्र १ नम्बर प्रदेशले आपत्ती जनाएको छ ।

१ नम्बर प्रदेशका इन्चार्ज गोपाल किराती र संयोजक सावित्रीकुमार काफ्लेद्वारा मंगलबार जारी विज्ञप्तिमा ढुंगेललाई पक्राउ गरेर सिंगो शान्ति प्रक्रियामाथि नै गम्भिर प्रश्न उठाएको उल्लेख छ । ‘तत्कालिन राज्य पक्ष र नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको पनि यो घटनाले गम्भिर उल्लंघन भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘द्वन्द्वरत दुवैपक्षबीच भएका कतिपय घटनाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत किनारा लगाइनुपर्नेमा राज्यले एकलौटीरुपमा आफ्ना संयन्त्र प्रयोग गरी गरिएको गिरफ्तारले शान्तिप्रक्रियाका बाँकी काम पुरा गर्न व्यवधान खडा हुनेछ ।’

ढुंगेललाई पक्राउ गरेर माओवादीलाई उत्तेजीत बनाउने र निर्वाचन भाँड्ने षड्यन्त्र भएको भन्दै विज्ञप्तिमा ढुंगेललाई बिनाशर्त अविलम्ब रिहा गरी शान्तिप्रक्रियालाई विस्तृत शान्तिसम्झौता अनुरुपनै टुंग्याउन र सहजरुपमा चुनावमा सहभागी हुने वातावरण बनाउन सरकारसमक्ष माग गरिएको छ ।

ढुंगेल यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । ढुंगेललाई २०५५ साल असार १० गते ओखलढुंगाको टारकेराारीको खहरेमा भएको उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वस्वसहित आजिवन जेल सजाय तोकेको थियो । सर्वोच्चको फैसला भएपनि पक्राउ नपरेका ढुंगेललाई मंगलबार बिहान ललितपुरको सातदोबाटोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गिरफ्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर