खबर पूर्वाञ्चल
कार्यदलमा युवासंघका तर्फबाट हिमाल लिम्बु, रविन थापा, दुर्गा गौतम र दिलचक्र राई रहेका छन् भने वाईसिएलका तर्फबाट एवीराज राई डम्बरबहादुर पुलामी कर्म, बलदीप राई र ईश्वरी आचार्य रहेका छन् ।
देशलाई आर्थिक सम्बृद्धिको बाटोमा अघि बढाउने उद्देश्यका साथ दिर्घकालिन बाम एकताको थालनी भइरहदा देशी तथा विदेशी प्रतिकृयाबादीहरुले विभिन्न चलखेल गरिरहेको भन्दै कार्यदलले त्यस्ता गतिविधिहरुलाई निस्तेज पार्ने जनाएको छ ।
यस्तै आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका सम्पूर्ण उमेदवारहरुलाई विजय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वैठकले निर्णय गरेको छ । संयुक्त वैठकले यो एकता अल्पकालिन नभई दिर्घकालिन योजनाका साथ भएको ठहर गर्दै त्यसकै आधारमा १ नम्बर प्रदेशका १४ वटै जिल्ला कमिटिहरुलाई संयुक्त कार्यदल गठन गर्न निर्देशन समेत दिएको छ ।