खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको विर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बा¥हदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।
उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, ते¥हथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ६८ पुगेको छ ।
प्रदेश १ मा आज ४ सय ८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४ सय ७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म ७ हजार १ सय १३ जना डिस्चार्ज भएका छन् ।