animated ellipse animated ellipse

गुरुकुलमा शुक्रबारदेखि घोडचडी नाटक मञ्चन हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ कार्तिक २०७४, बिहीबार १५:००
3
Shares
विराटनगर ९ कार्तिक/सुमेरु कला सरोवरको प्रस्तुतीमा भोली शुक्रबारदेखि विराटनगरको आरोहण गुरुकुल नाटक घरमा घोडचडी नाटक मञ्चन हुने भएको छ ।

सुमेरु कला सरोवरले आज विराटनगरमा पत्रकार सम्मेलन गरी घोडचडी नाटक आरोहण गुरुकुलमा मञ्चन गरिने जानकारी दिएको हो ।सुमेरु कला सरोवरका अध्यक्ष सुवलमणी सापकोटाले पूर्वमा पहिलो पटक सो नाटक प्रस्तुत गर्न लागेको जानकारी दिए । अध्यक्ष सापकोटाका अनुसार नाटकले नेपालको तराईमा वसोवास गर्ने चमार समुदायको चम्खोली संस्कृतीक परम्परा साथै घोडा नृत्यलाई प्रमुख विषय वनाएको छ ।

नाटक घोडचडी काठमाण्डौमा यसअघि प्रर्दशन गरिएको थियो । काठमाण्डौको सफलतापछि विराटनगरमा मञ्चन गर्न लागिएको नाटक निर्देशक सुवलमणी सापकोटाले जानकारी दिए । चमार समुदायको संस्कारको विषयमा लामो समयको अनुसन्धानपछि तयार पारिएको सापकोटाले बताए ।

नाटकमा लोकमणी सापकोटा, सरस्वती अधिकारी, सविन कट्टेल, उद्धव सापकोटा, सुरभी सापकोटा, सबिर चुरौटे अनु दाहाल शुलभ पाण्डे, रुपेश लामा सन्तोष गौतम लगायत २५ जना कलाकारले अभिनय गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर