AArya
RUMPUM
animated ellipse animated ellipse

बेलबारीमा फुटबल एकेडेमी सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०७४, आईतवार १८:०७
3
Shares
बिनु तिम्सिना
बेलबारी,५ कात्तिक । कुनैै समय फुटबलको क्षेत्रमा अब्बल खेलाडी दिएको मोरङमा यतिबेला भने खेलाडीको खडेरी नै देखा परेको छ ।

प्रतियोगिता र प्रशिक्षणको अभावमा खेलाडी अभाव देखा परेको बेला मोरङको एम्ब्रीयो यूवा क्लबले फुटबल एकेडेमी सञ्चालनमा ल्याएको छ ।

कुनै समय थियो जब फुटबलमा मोरङका खेलाडीको दबदबा नै थियो । मोरङले फुटबल क्षेत्रलाइ देवनारायण चौधरी, दिपक राइ, भरत खवास, विजय धिमाल,अनन्त थापा र रजिन धिमाललगायतका धेरै उत्कृष्ट खेलाडी दिएको छ । तर पछिल्लो समय मोरङमा खेलाडीको अभाव देखिएको छ । खेलाडी अभाव हटाउन र खेलक्षेत्रमा भविष्य देख्ने गाउँका बालबालिका तथा यूवाहरुलाइ अवसर जुटाउन मोरङको बेलबारीस्थित एम्ब्रीयो यूवा क्लबले राधा नगरमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएको हो ।

क्लबले यस अघिपनि एकेडेमी सञ्चालनमा ल्याएको र राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गरेको क्लबका संस्थापक अध्यक्ष रविन थापाले बताए ।

आर्थिक अभावमा एकेडेमीलाई निरन्तरता दिन नसकेको बताउँदै उनले अब भने निरन्तर रुपमा एकेडेमी सञ्चालन गर्ने र खेलाडी उत्पादन गर्ने बताए ।

सोहि अवसरमा क्लबले राष्ट्रिय स्तरका खेलाडी विमल घर्ती मगर, दिनेश राजवशी, सुजल श्रेष्ठसंग अन्तरक्रिया समेत गरेको छ ।

राष्ट्रिय खेलाडीहरुले पनि यस्ता खालका एकेडेमीले खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने बताए । अवसर र प्रशिक्षण नपाउँदा क्षमता भए पनि गाउँस्तरका खेलाडीहरुले खेल क्षेत्रमा आफ्नो पहिचान बनाउन नसकीरहेको अवस्थामा गाउँ गाउँमा यस्ता एकेडेमी सञ्चालन हुँदा उत्कृष्ट खेलाडी उत्पादन हुने फुटबल खेलाडी बिमल घर्ती मगरले बताए ।

२०५१ सालमा स्थापना भएको उक्त फुटबल एकेडेमीले यघि विक्रम लिम्बु, नविन गुरुङ, छिरिङ लामा, अरुण लिम्बुलगायतका खेलाडी उत्पादन गरेको छ । जसले ए डिभिजनलगायतका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन् । हाल यस क्लबमा २५ जना युवाहरुले नियमित प्रशिक्षण गरिरहेका छन् । पुरुषलाइ मात्रै सहभागि गराइएको भएपनि छिट्टै महिलाहरुका लागि पनि एकेडेमी सञ्चालन गर्ने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर