खबर पूर्वाञ्चल
आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले आज मध्यराती देखि खुल्ला प्रचार प्रसार नहुने भएकाले यसवीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनै पनि प्रभावमा नपर्न आग्रह गरेका हुन् ।
खुल्ला प्रचार प्रसार बन्द हुँदैछ । मतदातालाई प्रलोभन देखाउने, प्रभावमा पार्ने, भ्रम छर्ने क्रियाकलाप हुने हुँदा कुनै पनि प्रभलोनमा नपर्न आग्रह गर्दछु ।’ उनले भने ।
क्षेत्र नं. ४ (ख) का उम्मेदवार घिमिरेले निर्वाचन आयोगले निर्धारण गरेको समय अवधिभित्रमा आफुले निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट, घरदैलो, कोणसभा, चुनावी सभा सम्पन्न गरेको बताए ।
मंसिर ४ गतेको निर्वाचनकालागि मतदाताहरु मतदान गर्न उत्साहित भएर बसेको उनले बताए । मतदाताको उत्साह हेर्दा करिव ७० प्रतिशत मत आफ्नो पक्षमा आउने देखिएको उनले बताए । घिमिरेले भने,‘ प्रचार प्रसारको अवधिमा मतदाताको अत्यन्तै माया पाएँ ।’ कुनै पनि मतदाताले ५ वर्ष भित्रमा काम गरिनस् भनेनन्, अवसर पाउँदा गर्न सक्ने भनेको तपाईमात्रै देख्यौं भनेर मलाई थप उर्जा दिएको उनले बताए । उनले भने,‘ ३७ महिना सरकारमा हुँदा मैले गरेको काम र सांसदको भूमिकामा रहँदा मैले गरेका कामबाट मतदाताहरु अत्यन्तै उत्साहित भएको पाएँ ।’
चुनाव प्रचार अवधिमा जुनसुकै उमेर समूहका व्यक्तिहरुले पनि उत्तिकै माया गरेको उनले बताए । घिमिरेले भने,‘ घरदैलोमा पुग्दा बालबालिका, यूवा, जेष्ठ नागरिक सवैले हार्दिकताका साथ माया गर्नु भयो, आर्शिवाद दिनुभयो ।’ हरेक उमेर समूह, हरेक क्षेत्रले देखाएको मायाले उत्साह थपेको घिमिरेको भनाई छ । उनले भने,‘ मतदाताको मायासँगै आगामी दिनमा गर्नुपर्ने कामको लागि सुझाव पनि पाएको छु, मतदाताको सुझाव अनुसार म अघि बढ्नेछु ।’ उहाँहरुसँग नियमित भेटघाट, सुझाव, सुख दुःखमा सँधै, सँगै रहने प्रतिबद्धता पनि व्यक्त गर्दछु उनले भने ।