animated ellipse animated ellipse

तेस्रो क्षेत्रिय ज्याम्बोरेट सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०७४, सोमबार १६:३७
3
Shares
विराटनगर, ३० असोज / चौथो क्षेत्रिय ज्याम्बोरेट उदयपुरमा हुने निर्णाय गर्दै तेस्रो क्षेत्रिय स्काउट ज्याम्बोरेट विराटनगरमा भव्य कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा परिसरमा पाँच दिनसम्म सञ्चालन भएको ज्याम्बोरेट आज एक कार्यक्रम गरि सम्पन्न भएको हो ।

पाँच दिनसम्म सञ्चालन भएको ज्याम्बोरेटमा विभिन्न जिल्लाहरुबाट आएका करिब तीन हजार स्काउट बालवालिकाहरुको उपस्थीति रहेको थियो । ४० वटा विभिन्न क्रियाकलापहरु रहेको ज्याम्बोरेटमा विभिन्न विधा अन्तर्गतको खेलहरुमा प्रतियोगिता समेत गरेको थियो ।

साँस्कृतिक नृत्यको प्रथम झापा, द्धितीय सुनसरी र तृतीय संखुवासभा घोषित भएका छन् । त्यस्तै बक्तृत्वकला प्रतियोगिताको छात्रतर्फको प्रथम झापाका सौगात शिवाकोटी, द्धितीय सुनसरीका युवन श्रेष्ठ र तृतीय उदयपुरका भवानी आचार्य घोषित भए । त्यस्तै  वक्तृत्व कला छात्रा ज्योतिका थापा सुनसरी प्रथम, प्रसिद्धि श्रेस्ठ मोरंग द्वितीय तथा अनुषा राई तृतीय । त्यस्तै कविता प्रतियोगिताको छात्रतर्फको प्रथम सुनसरीका शुशान्त अधिकारी, द्धितीय झापाका यमन गुरागाई र तृतीय पाचथरका एङहाङ्ग नेमाङ्ग घोषित भए भने सोही प्रतियोगिताको छात्रातर्फको प्रथम संखुवासभाकी सबिना तामाङ्ग, द्धितीय झापाकी यूनिका गौतम र तृतीय उदयपुरकी पूजा खड्का घोषित भइन् ।

त्यस्तै छात्रतर्फको चित्रकला प्रतियोगिताको प्रथम सुनसरीका निराजन सिंह, द्धितीय झापा र तृतीय पाँचथरका एङहाङ्ग लामा घोषित भए भने सोही प्रतियोगिताको छात्रातर्फको प्रथम झापाका सम्झाना यादव, द्धितीय सुनसरीकी यामुना राई र तृतीय संखुवासभाकी सुत्री कार्की घोषित भइन् ।

सोही अवसरमा ज्योम्बोरेट कार्यक्रम संयोजक नवलप्रसाद उपाध्यायलाई कदर पत्रले सम्मान गरेको छ । स्काउटको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उपाध्यायलाई सम्मान गरेको हो ।

बिजयी हुने स्काउट विद्यथार्थीहरुलाई कार्यक्रम संयोजक नवलप्रसाद उपाध्याय, क्याम प्रमुख शिबकुमार पौड्याल, स्काउट मोरङका संयोजक प्रदिव विश्वासलगायले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर