ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्व.धनंविष्ण मेमोरियलको उपाधि बेलबारीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ आश्विन २०७४, शनिबार २२:१९
3
Shares
गोपाल काफ्ले
पथरी, २८ असोज मोरङको पथरीशनिश्चरे भुटानी शरणाथी क्याममा जारी स्व. धनंविष्णु मेमोरियल नकाउट फुटवल प्रतियोगिताको उपाधि बेलबारी फुटवल क्लव बेलबारीले हात पारेको छ ।

आज भएको फाईनल खेलमा बिराटचौकको एकता फुटवल क्लवलाई १ बिरुद्ध २ गोल गर्दै बेलबारीले उपाधि चुमेको हो ।

निकै प्रतिस्प्रदात्मक खेलमा खेलको १६ औ मिनेटमा बेलबारीका शेखर लिम्बुले गोल गर्दै गोलको खाता खोले । होस्रो हाफमा निकै रोचक बनेको खेलको ६१ औ मिनेटमा एकताका रमेश राईले १ गोल गर्दै खेल बराबरी बनाए । बेलबारीले निकै राम्रा अवसर पाए पनि गोल गर्नबाट चुकेको थियो । खेलको ६८ औ मिनेटमा बेलबारीले पाएको फ्रिकिक सदुपयोग गर्दै निरज बस्नेतले उत्कृष्ट गोल गर्दै विजयी गराए । बेलबारीका निशान राईका एक पछि अर्को प्रहारहरु गोल हुनबाट चुकेको थियो ।

खेलको म्यान अफ द फाइनल बेलबारीका निरज बस्नेत
हाई स्कोर एकताका सन्तोष पोख्रेल,बेष्ट गोल किपर बेलबारीका भक्त धामी, बेष्ट डिफ्रेन्स बेलबारीका निरज बस्नेत, बेष्ट स्टाईकर बेलबारीकै मौसम लिम्बू घोषित भए ।

बिजेता बेलबारी फुटवल क्लव बेलबारीले नगद ४१ हजार, ट्रफी र मेडल तथा उपविजेता एकता युथ क्लव बिराटचौकले नगद २१ हजार ट्रफी र मेडल प्राप्त गर्यो । विजेयी तथा र अन्य खेलाडीलाई सभापती तथा क्याम सेकुरेटि सचिव चम्पा सिह राईले पुरस्कार बितरण गरेका थिए। प्रतियोगिता क्याम अर्गनाईजर कमिटीको सहकार्य तथा नव उदय कला केन्द्रको आयोजना रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर