AArya
RUMPUM
animated ellipse animated ellipse

उखुको अझै भुक्तानी पाएनन कृषकले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ आश्विन २०७४, बिहीबार १८:२८
3
Shares
फाइल तस्वीर
विनु तिम्सीना
विराटनगर, २६ असोज / मोरङ र सुनसरीका उखु कृषकहरुले २०७३/०७४ कोे उखुको भुक्तानी नपाएको गुनासो गरेका छन् । विगत ३–४ वर्षदेखि नै मिलले कृषकलाई दिनुपर्ने उखुको भुक्तानी ढिलो गर्दै दिने गरेकाले उखु कृषकहरु आन्दोलित भएका हुन् ।

मोरङ र सुनसरीका ५ हजार उखु कृषकहरुले २०७३/०७४ को उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको भन्दै उखु कृषक आन्दोलित भएका हुन् ।

उनीहरुले चाँडोभन्दा चाँडो उखुको भुक्तानी उपलब्ध गराउन माग गर्दै सिडियो कार्यालय मोरङमा ज्ञापनपत्र समेते बुझाएका छन् । सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको इस्टर्न सुगर मिलले आर्थिक वर्ष २०७३/०७४ को १८ करोड भुुक्तानी दिन बाँकी छ । समयमा उखुको भुक्तानी नपाएपछि कृषकहरु आर्थिक संकटमा परेका छन् ।

सुनसरी, मोरङबाट ८ लाख २८ हजार ६ सय ४१ क्वीन्टल उखु खरिद गरेको सुगर मिलले कृषकहरुलाई ४१ करोड मुक्तानी दिनुपर्नेमा अहिलेसम्म २३ करोड मात्र उपलब्ध गराएको कृषकहरुले बताएका छन् ।

गत वर्ष सुनसरी मोरङका १० हजार उखु कृषकहरुले उखु खेती गरेका थिए । यो बर्ष सुनसरी मोरङका ७ हजार कृषकहरुले ७ हजार बिघामा उखु खेती लगाएका छन् । इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि उखु खेतीबाट दिनदिनै कृषकहरु पलायन हुँदै गएको उनीहरुले गुनासो गरे ।

सुनसरीको बर्जु गाउँपालिकामा १८ बिघामा उखु खेती गर्दै आएका उमेश यादवले मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जन गर्न समस्या भएको बताए ।

उखु कृषकहरुले अन्य सुगर मिललाई उखु दिन खोज्दा समेत मिलले अबरोध खडा गरेको गुनसो गरे । उनीहरुले अन्य सुगर मिललाई पनि उखु बेच्न पाउने वातावरण सिर्जना गरी दिन प्रशासन समक्ष माग गरे । अन्य मिललाई उखु बेच्न खोज्दा इस्र्टन सुगर मिलेले गुन्डाहरु लगाएर आफूहरुलाई तर्साउने गरेको पनि उनीहरुले दुखेशो गरे । ज्ञापनपत्र बुझ्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले उखू कृषकहरुका समस्या समाधानका लागि आफू गम्भीर बनेको बताउँदै छिटो भन्दा छिटो समस्या समाधान गर्र्न पहल गर्ने बताए ।

यसअघि पनि रकम भुक्तानीको विषयलाई लिएर इस्टर्न सुगर मिल र कृषकबिच पटकपटक सम्झौता भएपनि कार्यान्वयन हुन सकेको छैन ।
बैंकबाट ऋण लिएर उखु खेतीमा लगानी गरेका कृषकहरुको समयमै भुक्तानी दिएर कृषकहरुलाई उखुखेतीबाट पलायन हुन नदिने बातावरण बनाउन सरोकारवाला निकाय गम्भीर हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर